प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्यको मासिक शृंखला शुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला सुरु गरेको छ ।

पहिलो शृंखलाअन्तर्गत शुक्रबार डा.सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।

मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले शृंखलाले मातृभाषीहरूले अपनत्व महसुस गर्न पाउने  विश्वास व्यक्त गर्नुभयो ।

कुलपति भूपाल राईले प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना गर्नुभयो ।

कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आ–आफ्नो भाषामा कविता वाचन गर्नुभएको थियो । विभागका अनुसार अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष शृंखला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?