
काठमाडौं । नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरूलाई नापी कार्यालय परिसर ललितपुरबाटै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरूले जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले स्टिंग अपरेशन गरेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच