काठमाडौं । आइसीसी यु-१९विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । योसँगै विश्वकपमा नेपालले लगातार दोस्रो खेलमा हार ब्यहोरेको हो ।
नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि अजन अवाइसले ६३ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै ओपनर सामयल हुसैनले ३७ तथा अर्को ओपनर साहजैब खानले समान ३७ रन जोड्नुभयो ।
त्यसबाहेक अहमद हुसैनले २९, अरफाट मौनहसले ८ र हुरोन अर्सादले १५ रन थप्नुभयो । नेपालका लागि आकाश चन्दले ३ विकेट लिनुभयो । उहाँले ९ ओभरमा ३५ रन खर्चनुभयो । यस्तै दिपेश कँडेल र आकाश त्रिपाठीले समान एक एक विकेट लिनुभयो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको हो । निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदै नेपालले एक सय ९७ रन बनायो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिनुभयो । उहाँले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्नुभयो ।
यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाउनुभयो । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाउनुभयो ।
बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिनुभयो ।
प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो ।
पराजयसँगै नेपाल समूहको तेस्रो स्थानमा छ । नेपालले दुई खेलमा दुवैमा पराजय भोग्दै कुनै अंक जोड्न सकेको छैन । जितसँगै पाकिस्तान शीर्ष स्थानमा छ । दुबै खेलमा जित हात पारेको पाकिस्तानको न्यूजिल्याण्डसँग समान ४ अंक भएपनि रनरेटका आधारमा अघि छ । अफगानिस्तान भने पुछारमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच