काठमाडौं । सामसुङ र एनसेलबीच साझेदारी भएको छ । साझेदारीअन्तर्गत सामसुङ ग्यालेक्सी एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो पाँच सय ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउनेछन् । सामसुङ नेपालले शुक्रबारदेखि नै ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ सुरु गरेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन छ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने बताइएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भन्नुभयो, ‘ग्यालेक्सी एस २४ सिरिज सबैभन्दा विशेष छ, किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बर प्रदान गर्दैछौँ । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत् नयाँ सम्भावना पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ ।’
सामसुङको ग्यालेक्सी एस २४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधा रहेका छन् । सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टजस्ता दैनिक जीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन-डिभाइस सुविधा प्रदान गर्छ । कम्पनीका अनुसार सामसुङको ग्यालेक्सी एस २४ सिरिजमा प्रयोगकर्ताको अनुभव पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधा रहेका छन् ।
यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टलगायतका विभिन्न अन–डिभाइस अनुभव प्रदान गर्छ । उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्छ । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याब्लेटलगायतका आकर्षक उपहारसमेत पाउने सामसुङ नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच