सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन्।

सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार रहेका नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट ४ हजार ४१९ मतभार अन्यबाट बलदेव बोहरा ४ हजार ३२८ मतभार र महिलामा नेकपा माओवादी केन्द्रका रेणु चन्द ४ हजार ४५३ मतभार प्राप्त गरी विजयी हुनु भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपाङ्गता तर्फबाट कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिलामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ मतभार प्राप्त गर्नुभयो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १८ हजार १८२ मतभार खसेकोमा ९१ मतभार भने बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?