एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल, साँढे २ बजे पत्रकार सम्मेलन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । नेकपा (एमाले)को केन्दिय कमिटी बैठकमा समूहगत छलफल सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्दिय कमिटी बैठकमा बिहीबार (हिजो)अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैरभौगोलिकसहित नौं वटा प्रदेश कमिटीहरुका अध्यक्षहरुले प्रस्तुत गर्नु भएको मिसन ग्रासरुट अभियानसम्बन्धि प्रतिवेदनबारे ८ वटा समूह बनाएर छलफल सुरु गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको छलफल लगत्तै प्रदेश अध्यक्षहरुलाई सुझाव प्रस्तुतका लागि १० मिनेटको समय दिइएको छ ।

प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले समूहगत छलफलबाट प्राप्त सुझावको आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ ।

यसैबीच, एमालेले आजै अपरान्ह साँढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । एमालेको जारी केन्द्रिय कमिटी बैठक शनिबार (भोली) समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । त्यसपछि अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?