
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा अरेन्जनेस्क्ट सेवा सञ्चालनमा ल्याएको छ । एफवानसफ्टअन्तर्गतको फोननेस्क्टसँगको सहकार्यमा सुरु गरेको उक्त सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकको भनाइ छ ।
अरेन्जनेस्क्टले मोबाइल बैंकिङ एपमार्फत् सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोल वेस्ड जिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधा प्रदान गर्नेछ । ग्राहकको बदलिँदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्य रूपान्तरणमा बैंकले सञ्चालनमा ल्याएको पछिल्लो प्रविधि कोशेढुंगा साबित हुन सक्छ । फोननेक्स्टका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलले छिटो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ अरेन्जनेस्क्ट विकास गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच