नवलपरासी । संगीतलाई राष्ट्रिय र अन्तर्रास्ट्रियरूपमा नै चिनाउन सफल जिल्लाका रूपमा परिचित जिल्ला हो स्याङ्जा । त्यही स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका-११ कर्मचौरमा जन्मिनुभएका श्रीधर अधिकारीले पछिल्ला पाँच वर्ष गीत संगीतका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको छ ।
विसं. २०७५ सालदेखि अहिलेसम्म करिब दुई दर्जनभन्दा बढी संगीत र ७० भन्दा बढी गीत गाउनुभएका अधिकारीले आफ्नो जीवन नै गीत संगीतमा रमाइरहेको बताउनुभयो । ‘२०७२ सालमा म स्याङ्जाबाट बुटवलमा प्रवेश गरेर संगीत सिकेँ, अहिले संगीत नै मेरो जीवन हो,’ उहाँ भन्नुहुन्छ । ०७५ सालमा पहिलो गीत रेकर्डिङ गराउनुभएका उहाँ भन्नुहुन्छ, ‘म आजभन्दा दुई वर्षअगाडिदेखि गीत संगीतकै सिलसिलामा काठमाडौंमा छु ।’
अधिकारीका ‘मेरो तस्बिर, बाजा तालमा, मुटुमै घाउ छ, कपालै कोरी, संसारकी प्यारी आमा, तिमी पनि उस्तै रैछौ, निरिमाया, मारम मीठो बात’ जस्ता गीत श्रोता दर्शकमाझ चर्चित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच