
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।
प्लान्टको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेर एनआरएनएले सहयोग गरेकोमा धन्यवाद दिँदै सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताउनुभयो । उहाँले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रहसमेत गर्नुभयो । सुदूरपश्चिममा जनशक्ति अभाव नरहेको उल्लेख भन्दै मन्त्री साउदले बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको बताउनुभयो ।
एनआरएनए अध्यक्ष डा. केसीले कोरोना महामारीका बेला एनआरएनएले विदेशमा र नेपालमा रहेका नेपालीलाई ठूलो सहयोग पुर्याएको स्मरण गर्दै आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोना महामारीमा सहयोग गर्दै आएको बताउनुभयो ।
एनआरएनए उपाध्यक्ष रामशरण सिंखडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएकाले मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट हस्तान्तरण गरेको बताउनुभयो । उहाँले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा सञ्चालन गर्न सकिने र त्यसमा एनआरएनएले सहकार्य गर्न सक्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरूपमा आत्मर्निभर भएको बताउनुभयो । प्लान्टले हावामा रहेको अन्य अक्सिजन प्रशोधन गरेर एक घण्टामा आठवटा सिलिण्डर तयार गर्न सक्छ । प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. निरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठूलो हौसला मिलेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच