‘मिस एसइई नेसनलको ताज कृतिकालाई

Read Time = 2 mins

काठमाडौं । ‘मिस एसइई नेसनल-२०२३’ को ताज कृतिका रेग्मीले चुम्नुभएको छ । उहाँले अन्तिम स्पर्धामा भ्युअर्स च्वाइस विधासमेत हात पार्नुभएको छ । प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फष्ट रनरअप तथा अदीति ढकाल सेकेण्ड रनर अप हुनुभएको छ ।

त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदीतिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पार्नुभयो । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअपतर्फ कृष्टिना ढुंगाना हुनुभयो । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बन्नुभयो ।

प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रूपमा विजेता घोषित भएका आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?