एनआरएनएको कार्यकाल छ महिना थपियो

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ ।

  बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई जिम्मा दिइएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्रबमोजिम २३ देखि २५ अक्टोवरका लागि तय गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

 बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएको अध्यक्ष पदको लागि कूल आचार्य, रविना थापा र डा बद्री केसीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित दुई गम्भीर घाइते ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पदोन्नतिको अपेक्षा र योगदानको हिसाब खोज्ने प्रवृत्ति पार्टीका लागि हितकर हुँदैन :… जेन–जी आन्दोलन उग्र बन्नुमा सरकार र सञ्चारमन्त्रीको अभिव्यक्ति जिम्मेवार : मानव अधिकार…