तम्घासमा भुस्याहा कुकुरको बिगबिगी

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको मुख्य बजारमा भुस्याहा कुकुरको संख्या बढ्दै गएको छ । विशेष गरी तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ ।

मुख्य सडकमा भुस्याहा कुकुरको आंतकले गर्दा सडक दुर्घटना निम्त्याउने अर्को खतरा पनि बढेको छ । बजारमा भुस्याहा कुकुरको आंतक हुँदासमेत यसको नियन्त्रण र ब्यबस्थापन गर्नमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।

बजारमा भुस्याहा कुकरको आंतकले गर्दा बिद्यालय हिड्ने स साना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दै गएको यहाँका स्थानीयहरूको गुनासो छ ।

विशेषत रातको समयमा पनि भुस्याहा कुकुरहरु भुक्ने, रुने, एक आपसमा लड्नाले राम्रो संग सुत्न पनि नपाइने गरेको बजारबासीहरुले दुखेसो पोख्दै आएका छन् तर सोकारवाला मौन छ ।

‘सडकमै जीवन गुजार्ने भुस्याहा कुकुरको ब्यावस्थापनमा न नगरपालिकाले चासो दिन्छ न बजारवासीहरूले नै’ स्थानिय सुर्य बोहराले भन्नुभयो । बिहानीको समयमा मर्निङवाक गर्न हिड्दा र बाइक चलाएर बजार हिड्न सक्ने अवस्था नरहेको उहाँको गुनासो छ ।

यता, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्याधिक भएकाले नगरसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुहुन्छ । पौडेलले यो विषय आफूहरुको कार्यक्षेत्र भित्र नपर्ने भएकाले यसको समाधानका लागि तत्कालै आफुले पहल गर्ने बताउनुभयो ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्याको गुनासो आफूसमक्ष पनि आएकाले यसको दीर्घकालीन समाधान गर्नेगरी योजना बनाएको र त्यो केही समय पछि सबैलाई थाहा हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?