
काठमाडौं । विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्सले ‘सिइएस २०२४’ मा आफ्ना विभिन्न उत्पादनका लागि ४० भन्दा बढी अवार्ड प्राप्त गरेको छ । कम्पनीका अनुसार टिसिएलको ११५ इन्च क्युएम ८९१ जी क्युडी-मिनी एलइडी टिभीलाई सन् २०२३-२०२४ ग्लोबल टप ब्राण्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’ का साथ नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ ।
एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित उक्त कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टिसिएलको ख्यातिलाई चिन्हित गरेको कम्पनीको दाबी छ । उच्चस्तरीय टिभी, टिसिएलको स्मार्टफोन, एनएक्सटी पेपर ३.० डिस्प्ले टेक्नोलोजीसहितको ट्याब्लेट, रेनियोन एक्स २ लाइट एआर ग्लासेस र क्यु क्लास साउण्डबारको उक्त कार्यक्रममा चर्चा भएको थियो ।
कम्पनीले २०२३-२०२४ ग्लोबल सिई ब्राण्ड्स टप १०, २०२३-२०२४ ग्लोबल टिभी ब्राण्ड्स टप १० र २०२३-२०२४ ग्लोबल सिई ब्राण्ड्स टप ५० का रूपमा पनि चर्चा कमाएको कम्पनीले जनाएको छ । सिइएस २०२४ इनोभेसन अवार्ड ‘मोबाइल डिभाइस, एसेसरिज र एप्स’ टिसिएलको ४० एनएक्सटी पेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो । त्यसबाहेक पनि टिसिएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटबाट ‘बेस्ट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गरेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच