यौन उत्पीडनको आरोपमा ट्रम्पलाई मिलियन डलर जरिवाना

हिमालय टाइम्स
Read Time = 2 mins

अमेरिका। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा म्यानहट्टन संघीय अदालतले ८३.३ मिलियन डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ ।

पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उहाँलाई उक्त जरिवाना तोकिएको हो । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ ।

क्यारोलले मानहानिको लागि १० मिलियन डलरकोको माग गर्नुभएको थियो, तर त्यो भन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो। ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यसविरुद्ध अपिल गर्ने बताउनु भएको छ ।

समाचार अनुसार ज्युरीले करिब तीन घण्टाको छलफल र बहस पछि यो निर्णय गरेको थियो। बहस सुरु हुँदा ट्रम्प अदालतमा उपस्थित थिए तर बीचमै बाहिर निस्कनु भएको थियो । अदालतमा फैसला पढ्दा ट्रम्प त्यहाँबाट निस्की सक्नुभएको थियो। जूरीले पत्ता लगाए कि ट्रम्पले क्यारोलको बारेमा भनेको कुराले उनको छवि कलंकित गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?