फिल्म खेल्दै ओली : ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने हुनु भएको छ ।

अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

आइतबार चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । अध्यक्ष ओलीले निर्माता ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त समेत गर्नुभयो ।

एमाले अध्यक्ष ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले उहाँकै हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

चलचित्रमा अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?