काठमाडौं । भविष्यलाई सँगै नेतृत्व गरौँ भन्ने नाराका साथ अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइंकले डिलर मिट २०२४ आयोजना गरेको छ । वर्षौंदेखिको सफल सहकार्य थप बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपालभरिबाट पावरोल जेनसेटका डिलरलाई आमन्त्रित गरिएको थियो ।
कम्पनीका अनुसार कार्यक्रममा सहभागीले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । साथै उत्कृष्ट डिलरलाई पुरस्कृत पनि गरिएको थियो । बजारमा महिन्द्रा पावरोलका पाँच केभिएदेखि ६२५ केभिएसम्मका २८ थरिका मोडलहरू उपलब्ध रहेका छन् । कम्पनीका अनुसार बलियो महिन्द्रा इञ्जिनबाट बनेका पावरोल जेनेरेटरमा ऊर्जा उत्पादनका लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।
उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटका लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरमा विश्व विख्यात ब्राण्ड डिपिसी (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ । सो अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेसनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेसनल बिजनेस हेड राजीव शर्मालगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच