रुकुम पश्चिममा जिप दुर्घटना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा जिप दुर्घटना भएको छ ।

खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो । जिपमा कति यात्रु सवार थिए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पतालमा ल्याएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?