त्रियुगा नगरपालिकाको ३० स्थानमा वर्ल्डलिङ्कको फ्रि वाइफाइ सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

-सराेज निराैला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको ३० स्थानमा वर्ल्डलिङ्कको फ्रि वाइफाइ सन्चालनमा आउने भएको छ । जेठ २५ गते त्रियुगा नगरपालिका र वर्ल्डलिङ्क कम्युनिकेसन बिच ५ दिन भित्र नगरपालिका ३० स्थानमा फ्रि वाइफाइ जडान गर्ने सम्झौता पत्रमा नगरपालिकाका आइ टी अफिसर रुपक तिम्लसिना र वर्ल्डलिङ्कको तर्फबाट आषिस पोखरेलले हस्ताक्षर गर्नुभएकाे हाे ।

नगरपालिका आइ टी अफिसर रुपक तिमिल्सिनाका अनुसार नगरपालिका र वर्ल्डलिङ्क कम्युनिकेशनको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

त्रियुगा नगरपालिका भित्रका बरुवा बसपार्क, नयाँ तरकारी बजार, पुरानो तरकारी बजार, पिपल चोक, राधाकृष्ण मन्दिर, त्रियुगा बसपार्क, त्रियुगा नगरपालिका बाहिर, त्रियुगा नगरपालिका भित्र परिसर, टेम्पो चोक, त्रियुगा अस्पताल परिसर, पिकनिक स्पोट परिसर, इनार चोक,एस.के पेट्रोल पम्प छेउ, बि.पी चोक, साकेला टोल, शनि मन्दिर चोक, पी.जी.चोक, मतिगडा चोक, जलजले चोक, करमकाछी, बोक्से चोक, आर्दश टोल, एनसेल डाडा, देउरी चोक, चुहाडे चोक, राजाबास चोक, बगाहा चोक, असारी चोक र पिसजोन स्कुल जाने बाटोमा बाइफाइ सन्चालनमा ल्याइने नगरपालिको भनाइ छ ।

यि स्थानहरुमा प्रगि डिभाइस २ एम.वि.पि.एस दरले इनटरनेट सेवा जडान गरिने भएको छ । साथै यि स्थानहरुमा वर्ल्डलिङ्कका ग्राहकले आफ्नो युजरको आइ.डी र पासवर्ड प्रयोग गरेर वाइफाइ चलाउन सक्नेछन भने, वर्ल्डलिङ्क प्रयोग नर्गनुहुने ग्राहाकले ओ.टी.पी कोड अनुरोध गरी ५००एम बि को फ्री वाइफाइ चलाउन पाउने वर्ल्डलिङ्कले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?