काभ्रे । प्रत्येक वर्षजस्तै यसवर्ष पनि अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने सर्जकहरूलाई सम्मान गरिएको हो ।
काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्यलाई सम्मानित गरिएको छ । यस्तै, वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ ।
साथै गायत्री श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ । साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरिएक छ भने दार्जलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार डा.गोपाल पौड्याल मण्डने सम्मानित हुनुभएको छ । उहाँहरूलाई कार्यक्रमका विशिष्ट अतिथि द्वय वरिष्ठ साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल र नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ॐओम श्रेष्ठ रोदनले सम्मान अर्पण गर्नुभएको थियो ।
त्यस्तै प्रल्हाद केसी, ध्रुवनारायण जोन्छे, राजेश श्रेष्ठ, ध्रुवकृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरूलाई माला, टीका, मायाको चिनो तथा नगद प्रदान भएको थियो ।
कार्यक्रममा वशिष्ट अतिथिको रूपम नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ॐ श्रेष्ठ रोदन, मोहन दुवाल, पवन आलोक, सूर्य लाकोजू, विजय कर्माचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार सूर्य लाकोजूद्वारा लिखित सिर्जना लेखन कला र अक्षरका स्वरूप नामक दुई कृतिको लोकार्पण पनि गरिएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच