प्रहरी हिरासतमा रहेका शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

Read Time = 1 min

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु¥याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोगक मधुसुदन भट्टराईले बताउनु भयो ।

क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुग्नुभएका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उहाँमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?