मानव सेवा आश्रमलाई महालक्ष्मीको सहयोग

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले मानव सेवा आश्रमलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिकरूपमा कमजोर आदिका लागि खाना, कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

त्यसैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी ७ काठमाडौंस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्न सक्ने कठिन कार्यमा सहयोग पुर्‍याउन स्थापित समाजको कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो । त्यस्तै, चन्द्रौटा शाखाले शिवराज नगरपालिका ५ मा स्थित राष्ट्रिय माध्यमिक विद्यालयका एक सय ८६ विद्यार्थीलाई स्विटर हस्तान्तरण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?