मनाङ । चलचित्र ‘खुस्मा’को मनाङबाट छायांकन सुरु भएको छ । पहिलो तालिका अनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायांकन सुरुवात गरिएको हो । हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धीरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको छ ।
यस चलचित्रलाई नवनिर्देशक अशोक थापा मगरले निर्देशन गर्नुभएको छ । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ । यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रूपमा रहनुभएको छ ।
चलचित्रमा एस डी योगीको संगीत र दीपक बज्राचार्यले छायांकन रहनेछ । चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच