भोजपुर । समुदायमा कांग्रेस अभियान पहाडी जिल्ला भोजपुरमा पनि सुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियारको उपस्थितीमा भोजपुरमा पनि औपचारिकरुपमा कार्यक्रम सुरु भएको हो ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत बिहिवार जिल्ला अस्पताल भोजपुरका बिरामीसहित अस्पताल प्रशासनसँग अन्तरक्रिया भएको छ । अस्पतालका समस्या र बिरामीहरुको मर्काका बिषयमा अन्तरक्रिया गरिएको जिल्ला पार्टी सचिव तथा कार्यक्रमका संयोजक चक्र बहादुर कार्कीले बताउनुभयो ।
सोक्रममा जिल्ला अस्पतालमा उपचारार्थ आएका बिमा गराएका विरामीहरुले १० प्रतिशत शुल्क तिर्नु परेको, अस्पतालमा औषधी नपाइने गरिएको, रिर्पोटहरु आउन ढिला हुने गरेको, ठुलो समस्याको उपचारका लागि जिल्ला बाहिर जान बाध्य हुनु परेकोलगायतका समस्या नेता कार्यकर्तासँग राखेका थिए ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर शिवजी रिजालले भने दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको, सबै तयारी भएर पनि आईसियु सेवा संचालनमा आउन नसकेको, ग्याँस प्लान्ट संचालक नभएकोलगायतका समस्याहरु राख्नु भएको थियो । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य परियार, नेका भोजपुरका पार्टी पदाधिकारी, सदस्य, तरुण दलका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
भोजपुर जिल्लाको ९ पालिकाहरुका ८१ वटै वडाहरुमा समुदायमा कांग्रेस अभियान संचालन गर्ने निर्णय भई सकेको पार्टी सचिव कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “जनताको गुनासो, समस्या, सुझाब सल्लाह हरु लिएर समस्याको समाधानको लागि पहल गर्ने उद्देश्यको साथ कार्यक्रमको शुभारम्भ भएको हो ।”
केन्द्रिय सदस्य परियारको उपस्थितिमा कांग्रेसले सवै वडाका लागि प्रतिनिधिहरुसमेत तोकेर जिम्मेवारी दिएको छ । अभियान अन्तर्गत भेटघाट, छलफल, अन्तरक्रिया, समस्या बुझ्नेलगायतका कार्यहरु हुने भोजपुर कांग्रेसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच