काठमाडौं । नेसनल लाइफ कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।
कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र देशभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब चार सयभन्दा बढी वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्तालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।
सहभागीलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्रस्थानमा पु¥याउन अभिकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताउनुभएको थियो । एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी अभिकर्ताले नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको ऐतिहासिक रानी महल भ्रमण गर्ने अवसर प्रदान गरेकामा कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच