सुनसरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल र सहायक प्रशिक्षक श्याम मानन्धर नगदसहित गृहनगरमा सम्मानित हुनुभएको छ । साउदी अरबमा भएको वाफ च्याम्पियनसिपका उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृति क्लबले नगदसहित सम्मान गरेको हो ।
उपमहानगरले पौडेललाई नगद एक लाख एक हजार र मानन्धरलाई ५१ हजारसहित सम्मान गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताउनुभयो । फुटबल खेलका माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पुर्याएको भन्दै दुवैजनालाई नगदसहित सम्मान गरिएको प्रमुख पौडेलले बताउनुभयो ।
जागृति क्लबले पनि पौडेल र मानन्धरलाई नगद २५ हजारसहित सम्मान गरेको क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताउनुभयो । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच