सिद्धार्थद्वारा भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

Read Time = 1 min

काठमाडौं । सिद्घार्थ बैंकले ग्लोबल मनी विक २०२३ लाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । बैंकमा बचत गर्नुका फाइदा शीर्षकमा भिडियो बनाई अधिकतम् मन पराइएका तीन प्रतियोगीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

प्रतियोगिताका विजेतालाई बैंकले एक कार्यक्रमबीच बिहीबार पुरस्कार प्रदान गरेको छ । विजेताहरूलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी बैंकले सोही अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सात दिन दैनिक क्विज प्रतियोगिताका साथै सातै प्रदेशमा ९८ विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको थियो । जसमा दुई हजार एक सय १८ महिला र दुई हजार ७२ पुरुष गरी कुल चार हजार एक सय ९० जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?