काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका २ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच