झापा। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कुनैपनि संस्था सफल हुन सबल नेतृत्व जरुरी हुने बताउनु भएको छ।
मुलुककै सबैभन्दा ठूलो सहकारी सहारा नेपालको २९औँ स्थापना दिवसमा बुधबार बोल्दै नेता सिंहले सबल नेतृत्वकै कारण सहारा देशकै ठूलो सहकारी बनेको उल्लेख गर्नुभयो ।
सहराले सञ्चालन गरेको जीवन बदल्ने चारदिने कार्यक्रमको उद्घाटन गर्न आकस्मिक रुपमा झापा आइपुग्नु भएको उहाँले बोलेर नभई काम गरेर ठूलो र सफल भएको भन्दै सहाराको मुक्तकण्ठले प्रशंसा समेत गर्न भ्याउनु भयो।
‘कुनै पनि संस्था एक नम्बर बन्न विधि र पद्धति जरुरी हुन्छ’ उहाले भन्नुभयो, ‘सहकारीको मर्मलाई पन्छाएर अघि बढ्न खोज्दा अरु सहकारी समस्याग्रस्त बनेका हुन् ।’
कार्यक्रममा मनोक्रान्तिका संस्थापक डा। योगी विकाशानन्दले सहारा नेपालको विषयमा विद्यावारिधी आवश्यकता औँल्याउनुभयो । फरक प्रशंगमा विकाशानन्दले आत्मविश्वास भएको मानिसले मात्र सफलता प्राप्त गर्न सक्ने बताउनु भयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, काङ्ग्रेस झापा सभापति देउकुमार थेवे, एमाले झापा अध्यक्ष प्रेम गिरी, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझा, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सहारा अध्यक्ष हरिबहादुर राजवंशी, कार्यकारी प्रमुख महेन्द्र गिरीले आ-आफ्नो धारण राख्नुभयोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच