पार्ले एग्रोको बि-फिज

Read Time = 2 mins

काठमाडौं । भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले नयाँ पेय बि-फिज नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलोपटक भित्रिएको हो । सबै उमेर समूहका उपभोक्ताको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ ।

बि-फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिंक हो । यसै वर्ष पार्लेेले नेपालमा एप्पी फिज पनि ल्याएको थियो । पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्नुुहुन्छ, ‘पार्ले एग्रो आफ्ना उपभोक्ताका लागि अनुभव बढाउन सधैँ अगाडि रहन्छ । हामी नयाँ आयाम प्रस्तुत गर्न तत्पर छौँ, त्यसैले उपभोक्तालाई नयाँ स्वाद र नयाँ अनुभवसँग परिचय गराउने प्रयास गर्छौँ, जुन हाल बि-फिजले गर्छ । ३० रुपैयाँबाटै मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौँ ।’

पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि-फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन वेभरेजेजसँग सहकार्य गरेको छ । साउथ एसियन वेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बि-फिज वितरण गर्नका लागि तयार रहेको बताउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?