
काठमाडौं । खाद्य प्रविधि गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा ३५ र अर्धवार्षिक अवधिमा ८९ मुद्दा दायर गरेको छ । विभागले उक्त मुद्दाहरू विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको हो ।
दायर ८९ मुद्दामध्ये अर्धवार्षिक अवधिमा प्रशोधित पिउने पानीका ३८, दूध तथा दुग्ध पदार्थका १०, तेल घ्यूका छ, मसलाजन्य चार, मिठाइका चार, खाद्यान्न दलहनका चार, मह तीन, दाना तीन, चाउचाउका दुई र अन्य खाद्य पदार्थका १५ वटा रहेको विभागले जनाएको छ । ८९ मुद्दामध्ये ३५ दूषित, ३२ न्यून गुणस्तर, १० लेबलसम्बन्धी र १२ वटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासनमा दायर हुने व्यवस्था रहेको छ । दोस्रो त्रैमासिक अवधिमा विभागले स्वच्छता सर्भिलेन्सअन्तर्गत सात सय ३८ र अर्धवार्षिक अवधिमा एक हजार एक सय ३२ नमुनाहरू संकलन गरेको थियो ।
८९ मुद्दामध्ये पिउने पानीका सबैभन्दा बढी ३८, दूध तथा दुग्ध पदार्थका १०, तेल घ्यूका छ, मसलाजन्य चार, मिठाइका चार, खाद्यान्न दलहन चार, मह तीन, दाना तीन, चाउचाउ दुई र अन्य खाद्य पदार्थका १५ मुद्दा दायर भएका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधिमा उद्योगलाई नयाँ अनुज्ञापत्र एक सय ८७, उद्योग अनुज्ञापत्र नवीकरण चार सय ३५ तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस दुई सय ७८ गरी कुल नौ सय उद्योग र अर्धवार्षिक अवधिमा जारी तीन सय ११, नवीकरण नौ सय ४८ र सिफारिस सात सय ५२ गरी कुल दुई हजार ११ उद्योगको नवीकरण, अनुज्ञापत्र र नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरेको छ ।
खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणालीसम्बन्धी निर्देशिकाअनुरूप आयात गर्नुपूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएका विभिन्न खाद्य पदार्थको आयात अनुमति लिने क्रममा आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधिमा जम्मा तीन हजार पाँच सय ५८ र अर्धवार्षिक अवधिमा सात हजार चार सय ४६ वटा आयात अनुमति जारी गरिएको पनि विभागले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधिमा दुई सय ५४ उत्पादन दर्ता र दुई सय ६३ नवीकरणसमेत गरी जम्मा पाँच सय १७ आहारपूरक खाद्य पदार्थ नियमन गरिएको बताइएको छ । दोस्रो त्रैमासिक अवधिमा १२ विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १० हजार छ सय १३ नमुना र अर्धवार्षिक अवधिमा २३ हजार दुई सय ५१ नमुना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा १३ नमुना प्रतिकूल पाइएको पनि विभागले जनाएको छ ।
विभाग तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक एवं अर्धवार्षिक अर्थात् २०८० साउनदेखि पुससम्ममा कुल पाँच हजार दुई सय ९३ पटक निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ । सो अवधिमा खाद्यस्तर निर्धारण, रोल्ड ओट्सको गुणस्तर मापदण्ड, औद्योगिकरूपमा उत्पादन हुने ट्रान्स फ्याटको अधिकतम् सीमा, मसीले लेखिएको वा छापिएको कागज प्रयोग निषेध, मस्यौराको गुणस्तर मापदण्ड, अलैंचीको गुणस्तर मापदण्ड, प्रयोगशाला स्तरीकरण तथा विश्लेषण सेवालगायत कार्य भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच