दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरी निवासी २८ वर्षिय सुनिल चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ (दोलाई खोला) नजिक गएराति पौने १० बजेको समयमा रोल्पा देखि घोराही आउँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडीले पश्चिमदेखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवलाई लमही पठाइएको छ भने गाडी चालक घाइते भएका छन् । गाडी चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका -२ बस्ने आस्वीन सुनार घाइते भएको प्रहरीले जनाएको छ । सुनारको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?