![दाम्पत्य जीवनमा दरार : फिका यौन–जीवनदेखि सामाजिक-आर्थिक आयामको रूपान्तरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/mm-jodi.jpg)
काठमाडौं । किरण भुजेलको स्वर रहेको गीत ‘आधा दुःख घटाएर’ सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सिर्जना रहेको गीतमा शब्द रचना सिएल शर्माको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो ।
यसअघि फिमेल भर्सनमा गायिका सुनिता कार्कीले स्वर दिनुभएको थियो । जसमा एरेन्ज सञ्जीब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको छ । त्यस्तै भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरविर पण्डित, सान्नानी आचार्य, आाशा रोकाको अभिनय छ ।
अन्तारजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्वीकार गरेपछि भोग्नु परेको असहज परिस्थितिको गीतमा वर्णन गरिएको छ । जहाँ अप्ठ्यारो अवस्थामा पनि प्रेम मर्दैन भन्ने कुरालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा देखाउन खोज्नुभएको छ । भिडियोको सम्पादन तथा कलरिङ मनोज कार्कीले गर्नुभएको छ । गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच