काठमाडौं । रिब्स र काष्ठमण्डप १०औँ एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्सको फाइनलमा प्रवेश गरेका छन् । रिब्सले आयोजक द एक्सेल्सियर स्कुललाई १४-७ ले पराजित गर्यो । रिब्सको जितमा सुजिना लामाले ६ अंक योगदान गर्नुभयो । आस्ना अर्यालको १८ अंक सहयोगमा काष्ठमण्डपले संस्कृतिलाई ४५-१२ ले हरायो ।
सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र जेनिथले उपाधि भिडन्त पक्का गरे । रेडियन्टले पुष्पसदनलाई ६२-३३ ले पाखा लगायो । रेडियन्टका रोहित चौधरीले २८ स्कोर गर्नुभयो । ग्रिनफिल्डविरुद्धको खेलमा जेनिथ ६२-३६ ले विजयी भयो । जेनिथका अनिश गुरुङले १४ अंक बटुल्नुभयो ।
ब्वाइज फुटसलमा पनि उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको छ । यू-१२ मा मोर्डन इण्डियन स्कुल (एमआइएस) र बृहस्पति विद्या सदन फाइनलमा पुगे । एमआइएसले द चाँदबागलाई ४-० गोलले पराजित गर्यो । एमआइएसका लागि चारै गोल रफिक महर्जनले गर्नुभयो । बृहस्पतिले रेडियन्ट पब्लिकलाई २-० गोलले हरायो । बृहस्पतिका श्रीयान पौडेल र सार्थक उपाध्यायले समान १-१ गोल गर्नुभयो ।
यू-१३ मा काष्ठमण्डप र रेडियन्ट पब्लिक फाइनलमा पुगे । काष्ठमण्डपले बृहस्पतिलाई ५-१ गोलले पाखा लगायो । काष्ठमण्डपका पल्लव ढकाल, सुप्रिमप्रताप बोहरा, सहज दाहाल, आरम्भ श्रेष्ठ र अनुजजंग कुँवरले समान १-१ गोल गर्नुभयो । बृहस्पतिका स्नुप अधिकारीले सान्त्वना गोल गर्नुभयो । रेडियन्टले निर्भाना एकेडेमीलाई २-० गोलले पन्छायो । रेडियन्टका लागि दुवै गोल प्रिन्स बिडारीले गर्नुभयो ।
यू-१६ मा काष्ठमण्डप र न्यु एराबीच उपाधि भिडन्त हुने भएको छ । काष्ठमण्डपले एक्सेल्सियरमाथि २-० को जित दर्ता गर्यो । काष्ठमण्डपका रिवाज गुरुङ र मानव सुब्बाले समान १-१ गोल गर्नुभयो । न्यु एराले ग्रिनफिल्डको चुनौती टाइब्रेकरमा ३-२ गोलले समाप्त पार्यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच