
झापा । भारतको चर्चित गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहनुभएकी नेपाली गायिका मेनुका पौडेललाई झापामा भव्य स्वागत गरिएको छ । उहाँ टपटेनबाट टप आठमा जाने क्रममा आइतबार बाहिरिएपछि सोमबार झापा आइपुग्नु भएको हो, जहाँ उहाँलाई भव्य स्वागत गरिएको थियो ।
टपटेनमै रोकिए पनि उहाँको गायिकीले इण्डियन आइडलमा अत्याधिक चर्चा भने पाएको छ । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उहाँको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । उहाँलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा भइरहेको थियो ।
प्रतिस्पर्धाबाट बाहिरिएपछि उहाँ सोमबार बिहान मुम्बईबाट साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनुभएको थियो । मेनुकालाई स्वागत गर्न झापाबाट प्रशंसक, शुभेच्छुक र आफन्तहरू बागडोगरा विमानस्थल पुगेका थिए । उहाँलाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गर्नुभएको थियो । पूर्वको मेचीपुल हुँदै नेपाल आउँदा उहाँलाई सर्वसाधारणदेखि संघसंस्थाले भव्यरूपमा अभिनन्दन गरेका थिए ।
उहाँलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले भव्य रूपमा स्वागत गरेका थिए । झाँकी ¥यालीसहित गाडीमा चढाएर उहाँलाई काँकडभिट्टा नगरपरिक्रमा गराइएको थियो ।
धुलाबारी, धाइजन, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उहाँलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरेका थिए । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो । मेनुकाले सबै शुभेच्छुकलाई धन्यवाद दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच