काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्ड बाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । अप्रिल ३० सम्म सञ्चालनमा रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा सात सय ५० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच