सजिलमानका लागि न्यायको माग गर्दै होटल स्क्वायरअघि प्रदर्शन‍

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएपछि उक्त घटनालाई लिएर पीडित पक्षले होटल स्क्वायर अगाडि प्रदर्शन गरेको छ ।

पीडितका आफन्त र बिभिन्न समुहले आज होटल स्क्वायर अगाडि पुगरेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ललितपुर सिडिओमा ज्ञापनपत्र पनि बुझाएको थिए ।

घटना भएको पाँच महिना बितिसक्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै सोको माग गर्दै आफन्त तथा शुभचिन्तकहरूले आज प्रदर्शन गरेका हुन् ।

पाँच महिनाअघि भएको उक्त प्रकरणमा होटलकी सञ्चालिका ललिता भण्डारी देवकोटाले केही हप्ता अघि प्रहरीमा आत्मसमर्पण समेत गर्नुभएकाे थियाे ।

ललितपुर महानगरपालिका ३ मा रहेको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए ।

भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।

पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको छ्न

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?