काठमाडौं । सातौं संस्करणको निम अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । पावर इन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा सम्पन्न हुनगइरहेको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड ) २०२४ को मनोनयन सार्वजनिक भएको हो ।
अवार्डको यो संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४१ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, स्रष्टा तथा सर्जकलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूको मतको आधारमा सर्वोत्कृष्ट घोषणागरी अवार्ड प्रदान गरिने निम अवार्डका कार्यक्रम संयोजक कमला जोशीले जानकारी गराउनुभयो ।
कार्यक्रमको समापन एक भव्य समारोहबीच फाल्गुनको चौथो साता सम्पन्न हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारहरूसमेत प्रदान गरिने बताइएको छ ।
विगत सात वर्षदेखि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म देशभित्र र देशबाहिर रहेर नेपालमा बोलीने नेपालीलगायत अन्य विभिन्न भाषा भाषीहरूमा गीत संगीत तथा भिडियोहरू तयार पार्ने स्रष्ठा तथा सर्जकहरूलाई पिम नेपालले प्रोत्साहनस्वरूप समावेशी अवार्डको आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच