काठमाडौं । जहाँ शब्दहरू जीवन्त हुन्छन् भन्ने नाराका साथ पोखरामा खुकुरी फ्रेण्डस् अफ फेस्टिभल हुने भएको छ । सौन्दर्य र पानी रङको राजधानी पोखरालाई शब्दको शहर बनाउने ध्येयका साथ हुने नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीले पनि सहयोग गर्दै आएको छ । नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तरसंवाद गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति राख्दै आएको छ ।
कलाको सबैभन्दा सशक्त माध्यमका रूपमा संगीतले मानिसलाई आकर्षित गर्छ र जटिल भावनालाई अरूसम्म अभिव्यक्त गरी तरंगित बनाउने सामथ्र्य राख्छ । जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मकरूपमा उत्प्रेरित गर्ने शक्ति संगीतमा हुन्छ ।
सोही विषय अनुभूत गर्दै यस वर्षदेखि संस्थागतरूपमै अभियानमा होस्टेमा हैंसे गर्दै फेण्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न पाउँदा खुसी लागेको कम्पनीले जनाएको छ । फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने खुकुरी फ्रेण्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रूपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्याण्ड, तेस्रो दिन, प्राडा धु्रवेशचन्द्र रेग्मी र उहाँको समूह र द ब्लु फ्रेट ब्याण्ड तथा अन्तिम दिन विपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्डका प्रस्तुति रहने बताइएको छ ।
साहित्यिक र सांगीतिक अन्वेषणको उक्त नौलो यात्राको सुरुवातमा खुकुरीको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले बताउनुभयो । खुकुरी फ्रेण्ड्स अफ फेस्टिभलले आगामी दिनमा साहित्य, काव्य र संगीतलाई अन्तरघुलन गर्दै विशेष समुदाय निर्माणको लक्ष्य लिएकोे छ । कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ । अनलाइनका साथै पोखरा र काठमाडौंका पिज्जा हाउस आउटलेटमा फेस्टिभलका टिकट उपलब्ध रहेको पनि आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच