राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्ला : वामदेव गौतम

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताउनुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताउनु भयो । उहाँले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो । नेपाली जनताको हो । यो संविधान जारी गर्नेहरुको हो । बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्ते किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन् । आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न सक्नुभएको छैन । आज पनि हामीले ढाँचा दिन सकेका छैनौँ । हामी उदाहरण दिन्छौँ । यो देश यसरी गयो भनेर तर नेपाल कसरी जान्छ भन्ने हामीले पनि भन्न सकेका छैनौँ । यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ ।’

सांसद गौतमलै अहिले नेपाली अर्थतन्त्र निकै धराशायी बनिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?