सम्पती शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राख्नुभएको प्रश्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?