काभ्रेका वडाध्यक्ष बादेविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध आज भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले वडा अध्यक्ष बादेलाई सेवाग्राहीबाट रु.१५,००,०००। घुस लिइसकेको अवस्थामा गत माघ ३ गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?