काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।
उनले एक मुद्दामा जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसलिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हाे । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट रु. ९,०००। घुस रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट मिति २०७९ चैत्र ३० गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच