घुससहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध विशेष अदालतमा मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।

उनले एक मुद्दामा जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसलिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हाे । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट रु. ९,०००। घुस रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट  मिति २०७९ चैत्र ३० गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?