न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

हिमालय टाइम्स
Read Time = 3 mins

वेलिङ्टन । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ ।  बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ ।

आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाईएको छ । न्यूजील्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको तथ्यांक सार्वजनिक भएको छ ।

चार महिना पछि न्युजिल्याण्डमा आम निर्वाचन हुदैँछ । सो प्रसङ्ग जोड्दै न्युजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले मन्दीमा प्रवेश गर्नु ‘आश्चर्यजनक कुरा होइन’ भन्दै आर्थिक मन्दीलाई स्विकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘हामीलाई थाहा छ २०२३ एक अत्यन्त चुनौतीपूर्ण वर्ष हुन गइरहेको छ किनकि विश्वव्यापी वृद्धि सुस्त छ, मुद्रास्फीति लामो समयसम्म रहन्छ र उत्तर आइल्याण्डको मौसम घटनाहरूले घर र व्यवसायहरूमा प्रभाव पारिरहेको छ,’ रोबर्टसनले भने । अकल्याण्डमा जनवरीमा आएको बाढी तथा फेब्रुअरीमा आएको चक्रवात गेब्रियलका कारण भएको विनाशले अर्थतन्त्रमा गम्भीर असर पर्न गएको उनको स्पष्टीकरण छ ।

न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो । कोरोना महामारीका कारण धेरै देशले आफ्नो सिमाना बन्द गर्नुपर्‍यो, जसका कारण निर्यात रोक्नु परेको थियो, सो चपेटामा परेको न्युजिल्याण्डमा २०२० मा मन्दी आएको थियो ।

विपक्षी वित्त प्रवक्ता निकोला विलिसले भने, ‘बढ्दो मुद्रास्फीतिको बावजुद संकुचित भएको न्यूजील्याण्डको अर्थतन्त्रको लागि रातो बत्ती बालेको छ। कृषि, उत्पादन, यातायात र सेवाहरू सबैमा गिरावट देखियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?