भोजपुर । पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईले अधिकार बिकेन्द्रिकरण नहुँदा तल्लो निकायहरु बलियो हुन नसकेको बताउनु भएको छ ।
जिल्ला समन्वय समिति भोजपुरको शुक्रवार भएको सातौँ जिल्ला सभामा सम्वोधन गर्नु हुँदै राईले अधिकार जति केन्द्रले बिकेन्द्रित गर्न नसक्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो । सवै अधिकार केन्द्र मातहतमा हुँदा प्रदेश र स्थानीय तहहरुलाई अधिकार र पैसा समेत कम दिने गरिएको पूर्वमुख्यमन्त्री राईको भनाई रहेको छ ।
संघीयता प्रणालीपछि विकासमा भने बिकेन्द्रिकरण भएको राईले बताउनुभयो । बिगतमा एक दुई वटा योजना पारिदिदाँ खुशी हुनु पर्ने अवस्था देखिने गरेको बताउँदै राईले अहिले भने बिकासका योजनाहरु बढदै गएको बताउनुभयो । उहाँले गरेका कामलाई पनि नगरेको भन्ने राजतिक प्रचलन देखिने गरेकोे बताउँदै जोसुकैले गरेपनि गरेको कामलाई गरेको भन्न सक्नु पर्ने बताउनुभयो ।
उहाँले अहिले उठी रहेको पहिचानका मुद्धाका बिषय समाधानमा पनि जोड दिनु हुँदै शान्ति बिना विकास सम्भव नहुने भएकाले जनतासँग लड्ने पार्टीहरु नभएको बताउनुभयो । नाम दिँदा शान्ति कायम हुन्छ भने त्यो दिँदा फरक नपर्ने राईको दावी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच