जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जेआर कर्णाली बोर्डिङ स्कुलले यहीँ चैत २५ गतेदेखि खुल्ला पाँच किलोमिटर दाैड प्रतियाेगिताकाे आयाेजना गर्ने भएको छ। १६ वर्षमुनिका बालबालिका बीच हुने प्रतियाेगितामा चैत १९ गतेदेखि २३ गतेसम्म सहभागी हुने खेलाडीले आवेदन दिने समय रहेको सहायक प्रधानाध्यापक अमरनाथ योगीले जानकारी दिनुभयो ।
हरेक वर्षको बार्षिक परीक्षाको अन्तिम तिर र नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडी १६ वर्षमुनिका विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अन्र्तगत दौड प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको स्कूलका प्रधानाध्यापक फुर्वा शेर्पाले बताउनुभयो ।
दौड प्रतियोगितामा विजेता प्रथम खेलाडीलाई नगद पाँच हजार रुपियाँसहित मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताउनु भयाे । उहाँले दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई तीन हजार, तृतीय खेलाडीलाई दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयाे ।दौड प्रतियोगिता छात्र र छात्रा दुबै विधामा हुने छ । जयारत्न कर्णाली बोडिङ स्कूलको मैदानबाट सुरु भएर चन्दननाथ मन्दिर अगाडि टुंगिने छ । १९–२४ चैतसम्म सहभागी खेलाडीले नाम दर्ता गर्न सक्ने समयसीमा रहेको आयोजकले जनाएको छ ।
दौड प्रतियोगितामा दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ । प्रतियोगितामा ७० हजार रुपियाँ खर्च अनुमान गरिएको स्कुलले जनाएको छ।
दौडको रुट कर्णाली बोडिङ स्कूलको खेल मैदानको दक्षिण गेटदेखि टेलिकम, हुलाक कार्यालय, बसपार्क, राजासिम, कालेखोली, नन्दावक्स गणको पुर्वी गेट, मानव चोक, टुडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिने कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेकाे भनाइ छ ।
प्रतियोगिताको प्राविधिक सहयोग कर्णाली खेलकुद क्लबले गरेकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच