![प्रदेश स्तरीय भलिबल : षडानन्द, रामप्रसाद, दमक र आमचोक सेमिफाइन प्रवेश](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bhojpur-volleyball-1.jpg)
काठमाडौं । नेपाल आरोहण खेल संघ र अमेरिकाको न्यूयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाइम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघबीच सम्झौता भएको छ ।
विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबुछिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत २ र ३ गते (मार्च १४-१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपाञ्जी एड्भान्च्युर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरिका तर्फबाट अध्यक्ष नवाङ निमा शेर्पाले काठमाडौंमा एक सम्झौता गर्नुभएको हो ।
उक्त खेल प्रतियोगिताको दुई संघहरू नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्युर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कँडेलले जानकारी गराउनुभयो ।
आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघबीच आवश्यक सर्तसहित प्रतियोगितालाई अन्तर्राष्ट्रिय आरोहण खेल महासंघको नियम र पद्धति अनुसार गरिने विषय सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले बताउनुभयो ।
नेपालको पर्यटनसँगै खेलकुदलाई जोड्न विदेशी भूमिमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरूको स्मृतिमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रबाट सम्झन सकिने साथै आरोहीहरूको सम्मान हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच