
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानसेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा दुई गोल नै अर्लिङ हालान्डले गरे ।
चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्ड भर्खर मात्र टोलीमा फर्किएका हुन् ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीका लागि हालान्डले ७१ औँ मिनेटमा गोल गरे ।
त्यस्तै ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई २–० को गोल अन्तरले जिताए ।
जितसँगै २३ खेलबाट ५२ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अङ्क जोडेको लिभरपुल दोस्रो स्थानमा छ । १८ खेलमा १९ अंक जोडेको एभर्टन भने १८ औं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच