देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा छ, राज्य सञ्चालकको प्रवृति सच्चिन जरुरी छ : अध्यक्ष केसी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादरुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताउनुभएको छ ।

आईतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको बताउनु भयो ।

उहाँले राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताउनु भयो । उहाँले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै राष्ट्रलाई सखाप पार्नुछ भने त्यो राष्ट्रमा गलत शिक्षा भित्र्याउनुपर्छ भन्ने कुनै एक मानिसको भनाइ थियो । नेपालमा के छ भन्दा जागिर खाने भनेको राष्ट्र र जनताको सेवाको लागि होइन की जसरी पनि पैसा कमाउने हो । घुस नखानेहरु रिसाउनु परेन । राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि हो । अरु भन्दा बढी धनाढ्य हुनुपर्छ, भन्ने जुन शिक्षा प्रणाली छ, यसले राष्ट्र आज अत्यन्त अधोगति भइरहेको छ । मान्छे बेचबिखन गर्न दलाल कटिवद्ध छन् । राज्य प्रशासनमा बस्ने मानिसहरुको संरक्षणबेगर तिनले मनपरी गर्न सक्छन् ? सबैभन्दा पहिला राज्य सञ्चालन गर्नेहरु सच्चिनुपर्छ । हाम्रो प्रवृत्ति बदल्नुपर्छ । एक जनालाई जेलमा कोचेर नेपाली समाज बदलिँदैन । यही कारणले देशको अखण्डता, राष्ट्रियता गम्भीर संकटमा छ ।’

अध्यक्ष केसीले नेपालमा जागिर खानेकुरा जनताको सेवाका लागि नभइ कमाइ खाने भाँडोको रुपमा प्रयोग हुने गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?