![गाउँपालिकाको सार्वजनिक सुनुवाईमा विद्यार्थीको प्रश्न : शैक्षिक भ्रमणलाई बजेट छुट्याएको छ कि छैन ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/khotang-public-hearing-pro.jpg)
काठमाडौं । गत साता निरन्तर बढ्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो दिन दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.५० अंकले घटेर २०८५.८२ अंकमा झरेको होे । यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ । आइतबार तीन सय पाँच कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ रुपैयाँमा कारोबार भएका थिए । गत बिहीबार तीन अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरका १९ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएका थिए । बिहीबारको तुलनामा आइतबार कारोबार रकम ८७ करोड ३४ लाख रुपैयाँले बढेको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये विकास बैंक, जलविद्युत् र म्युचुअल फण्डमात्रै सामान्य बढेका छन् भने बाँकी सबै घटेका छन् । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक २.३८, होटल तथा पर्यटनमूलक १.५९ र व्यापारको सूचांक १.५५ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सर्वाधिक ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्टक्चर १२ करोड चार हजार, हिमालयन डिष्टिलरी नौ करोड २३ लाख, एनआइसी एसिया बैंक आठ करोड ४२ लाख र हाथवे इन्भेष्टमेन्टको सेयर आठ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावर ९.९९, त्रिशुली जलविद्युत् ६.४१ प्रतिशत, दोर्दीखोला जलविद्युत् ५.०८ र मायाखोला हाइड्रोपावरको सेयर मूल्य ४.९० प्रतिशतले बढेको छ ।
एनआइसी एसिया ग्रोथ फण्ड-२ को इकाई मूल्य १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपाल ७.१५, गुराँस लघुवित्त ७.१३, गणपति लघुवित्त ४.६६ र किसान लघुवित्तको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७८ अर्ब ७३ करोड ३७ लाख ६८ हजार रुपैयाँमा समेटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच